काठमाडौं, १६ पुस (ससं) । एनसीसी बैंकको २३ औं वार्षिक साधारणसभा आगामी माघ ९ गते शुक्रवार हुने भएको छ । बैंकको सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले उक्त साधारणसभा बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजे आयोजना गर्ने निर्णय गरेको हो । सभा भर्चुअल माध्यमबाट अमायोजना गरिने भएकाले उक्त सभामा छलफल गर्ने व्यवस्था गरिएने बैंकले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को चुक्तापूँजीको १०.२७ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने र समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि पुस २१ गतेदेखि एक दिन शेयर दाखिल दर्ता बन्द (बुक क्लोज) रहने छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २० गतेसम्म कारोबार गर्ने शेयरधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।