काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार उच्च अंकले बढेको छ । आज नेप्से ४०.४८ अंकले बढेर १ हजार ९ सय ८०.०९ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ७.२७ अंकले बढेर १ हजार ९ सय ३९.६१ विन्दुमा बन्द भएकोे थियो ।
नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार २ अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४५.३० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२२.२० रुपैयाँ पुगेको छ ।
आज ग्लोबल आईएमई ब्यालेन्स फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढीे सिटिजन इनभेष्डमेन्ट ट्रष्टको भएको छ । यस कम्पनीको आज ११ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।