Thursday, February 29Nepal News Portal
Shadow

इप्पान निर्वाचन: गणेश कार्की समूहको टीम घोषणा


काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमितिका लागि निर्वाचनका लागी टिम घोषणा भएको छ । आउँदो बिहीबार हुन लागेको निर्वाचनमा अध्यक्षका प्रत्यासी गणेश कार्कीको समूहले उम्मेदवारहरूको घोषणा गरेका हुन् । सोमबार होटल अरन्यामा कार्की समूहले उम्मेदवारहरूको घोषणा भएको हो ।

कार्की समूहको वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा मोहनकुमार डाँगी, उपाध्यक्षको उम्मेदवारमा आशिष गर्ग,भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तम ब्लोन लामा रहेका छन्। यस्तै महासचिवमा बलराम खतिवडाले उम्मेदवारी दिने भएका छन्। उपमहासचिवमा प्रकाशचन्द दुलाल, सचिवमा भरत खड्‌का, विक्रम विष्ट, कविता पोखरेल र भरत नेपाल उम्मेदवार छन्। त्यस्तै कोषाध्यक्ष पदको उम्मेदवारमा नरेन्द्र बल्लभ पन्त रहेका छन्।

अर्का अध्यक्षका दाबेदार किरण मल्लले पनि आफ्नो टीम सार्वजनिक गरिसकेका छन्। आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको छ।

Total Page Visits: 87 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्