काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामामात्र ढुंगागिट्टी निर्यात गर्ने भनिएको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
‘हाम्रो प्राकृतिक स्रोत उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो। तर वातावरणीय पक्ष उपेक्षा गरिने छैन,’ डा. महतले भने।
चुरे नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरेको महतले बताए। उनले भने ‘जहाँ–जहाँ निर्यात गर्न मिल्छ, त्यहाँको निर्यात गर्छौं । भुटानले पनि त निर्यात गरिरहेको छ । ढुंगा के खनिजजन्य होइन र ? अस्ट्रेलियामा पनि त ठुल्ठूला खानी उत्खनन गरिएका छन्’।