Friday, October 11Nepal News Portal
Shadow

मध्य भोटेकोशीले बोलायो १० औं र ११ औं वार्षिक साधारण सभा


काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले १० औं र ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेड ८ गते बसेको बैठकले वार्षिक साधारण सभा असार २० गते बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिबाट अध्यक्षको प्रतिवेदन, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, कम्पनीको सभाले विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयता दिएको रकम अनुमोदन गर्ने र सञ्चालक समिति सदस्यको निर्वाचन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ असार ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार पाँच गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कायम सेयरधनीहरुले सभामा सहभागी हुन सक्नेछन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्