Tuesday, February 20Nepal News Portal
Shadow

महालक्ष्मी विकास बैंकको नौ लाख ४७ हजार ३९२ कित्ता संस्थापक शेयर विक्रीमा


काठमाडौं । महालक्ष्मी विकास बैंकको नौ लाख ४७ हजार ३९२ कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको बैंकले जानकारी दिएको छ ।

महालक्ष्मी विकास बैंकले शेयरको मूल्य तोकेको छैन् । महालक्ष्मी विकास बैंकको शेयर खरीदका लागि इच्छुक शेयरधनीहरूले आगामी ३५ दिनभित्र महालक्ष्मी विकास बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । महालक्ष्मी विकास बैंकले विद्यमान संस्थापकबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने बैंकले जानकारी दिएको छ ।

Total Page Visits: 82 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्