Tuesday, February 20Nepal News Portal
Shadow

मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स वर्गरमा १० प्रतिशतसम्म छुट पाउने


काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सेफ्स वर्गरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंकले भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन सेफ्स बर्गरसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो।

यस व्यवसायिक सम्झौतापछि बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले सेफ्स बर्गरका विभिन्न शाखाहरूमा फुड एण्ड बेभरेज सेवामा विशेष १० प्रतिशत छुट पाउन सक्ने बैंकले बताएको छ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

Total Page Visits: 87 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्