Sunday, February 18Nepal News Portal
Shadow

गणेश कार्की बने निर्विरोध इप्पानको अध्यक्ष


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन्। अर्का प्रत्यासी किरण मल्लले निर्वाचन रोक्न माग गर्दै अदालतमा रिट दर्ता गरेका थिए भने यता मनोनयन पनि गरेका थिए ।

मनोनयन पनि गरेको भन्दै अदालतले अन्तरिम आदेश अस्वीकार गरेको थियो । त्यसलगत्तै इप्पान निर्वाचन समितिले कार्कीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् ।

उपाध्यक्षमा पाँचजना निर्वाचित भएका छन् भने महासचिवमा बलराम खतिवडा निर्वाचित भएका छन् । सात सदस्यका लागि अब निर्वाचन हुनेछ । जसमा १४ जनाको उमेदवारी परेको छ ।

Total Page Visits: 113 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्