Monday, February 10Nepal News Portal
Shadow

मेन्छियाम हाइड्रोपावरको आइपिओ सूचीकृत


काठमाडौं । बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेन्छियाम हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ।

कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता आइपिओ सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूलाई वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीहरू समेत) लाई निष्कासन गरेको १६ लाख २७ हजार ७५० कित्ता सेयर र संस्थापकहरूले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता सेयर गरी उक्त आइपिओ नेप्सेमा सूचीकृत गराएको हो।

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।

त्यस्तै, सूचीकरणपछि दिनुपर्ने आरटिएस सेवा एनआइसी एशिया क्यापिटल बबरमहलबाट हुने समेत कम्पनीले जानकारी दिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्