Sunday, October 13Nepal News Portal
Shadow

शाओमीले ल्यायो २ नयाँ डेस्कटप मोनिटर


काठमाडौं । शाओमीले नेपाली बजारमा २ नयाँ डेस्कटप मोनिटर ल्याएको छ । कम्पनीले एमआई २३.८ डेस्कटप मोनिटर १ सी र एमआई डेस्कटप मोनिटर २७ सार्वजनिक गरेको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डाले यी मोनिटरहरूले मनमोहक दृश्य अनुभव, अप्टिमल पर्फमेन्स र प्रयोगकर्ता–केन्द्रित डिजाइन प्रदान गर्ने गरी बनाइएको बताएका छन् ।

एमआई २३.८ मा २३.८ इञ्चको आईपीएस एफएचडी डिस्प्ले रहेको यो डेस्कटप मोनिटरमा १७८ डिग्रीको भ्युइङ एङ्गल रहेको छ । यसमा ६० हर्जको रिफ्रेस रेट रहेको छ ।

एमआई २७ डेस्कटप मोनिटमा २७ इन्चको आईपीएस एफएचडी र १७८ डिग्रीको भ्युइङ एङ्गल रहेको छ । यसमा ७५ हर्जको रिफ्रेस रेट रहेको छ । यस्तै यसमा ६ मिलिसेकेन्डको फास्ट रेस्पोन्स र ३०० निट्स ब्राइटनेस रहेको छ ।

गेमरहरूका लागि यी उत्कृष्ट हुने कम्पनीले जानकारी दिएको छ ।

एमआई २७ डेस्कटप मोनिटरको मूल्य २२ हजार ९९९ रहेको छ भने एमआई २३.८ को मूल्य १९ हजार ९९९ रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्