काठमाडौं । एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा १२६औं शाखा उद्घाटन गरेको छ।
ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुबिधाहरू उपलब्ध गराउने उद्देश्यले बैंकले सोमबार उक्त शाखा उद्घाटन गरेको हो।
उक्त उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाका वरिष्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपाने, ससस्त्र प्रहरी बलका निरीक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सो उद्घाटन समारोहमा देवचुली नगरपालिका वडा नं.१३ का वडा अध्यक्ष एक देव पौडेलले दलदलेमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए।
साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बर्दघाट र सो आसपासका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिवद्धता व्यक्त गर्नुका साथै पञ्जाब नेशनल बैंक भारत सँगको साझेदारीले गर्दा स्थानिय बासिन्दा र पूर्व भारतिय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे।
यो सँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १३ पुगको छ।