Friday, October 11Nepal News Portal
Shadow

नेप्सेमा दोहोरो अंकको गिरावट


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से २६.५६ अंकले घटेर २ हजार ६४.८३ विन्दुमा बन्द भएको छ । सोमबार २.९४ अंकले घटेर २ हजार ९१.३९ विन्दुमा बन्द भएको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ४ अर्ब ११ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ४ अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटाको शेयरमूल्य स्थिर रहेको छ ।

आज ४ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटी होटल, पीविडब्लु वित्तीय संस्था, इन्वा हाइड्रो पावरको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।आज सबैभन्दा बढी नेपाल पूर्वाधार विकास बैंकको शेयरको कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्