Friday, October 11Nepal News Portal
Shadow

स्वर्णिम वाग्ले भन्छन्ः अर्थतन्त्र जोगाउन सामाजिक सुरक्षा र ‘ब्युरोक्रेसी’मा व्यापक सुधार आवश्यक छ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा र कर्मचारीलाई दिइने निवृत्तिभरणको चापले राज्यलाई ठूला भार पर्ने बताएका छन् । प्रतितिधिसभाको मंगलबारको बैठकमा बोल्दै वाग्लेले राजनीतिक सहमति गरेर यसलाई सुधार गर्नुपर्ने बताएका हुन् ।

“दुईवटा कुराले हामीलाई पछि ठूलो दुःख दिनेवाला छ । एउटा समाजिक सुरक्षाको, यसपाली १५८ अर्ब भन्नुभएको छ । तर, त्यहाँ सोसियल असिस्टेन्टस्, सोसियल इन्स्योरेन्स र लेबर मार्केट, यो सबै जोडेर सोसियल प्रोटेक्सनको एउटा वृहत् आर्किटेक्चरलाई नै हेर्ने हो भने हामी दुई खर्ब नाघिसकेका छौँ,” उनले भने, “अर्को सेक्युरिटी फोर्सेज र ब्युरोक्रेसीको आकारबारे पनि राजनीतिक सहमति नै गरेर अप्रिय कदम चालेनौँ भने हामी दुर्घटनाउन्मुख छौँ ।”

पेन्सनको भार बढेको भन्दै त्यसलाई राजनीतिक नेतृत्वले निचोडमा पुर्याउनु पर्ने उनले बताए । मुलुकलाई भार हुने गरी काम गर्न नहुने पनि उनले बताए । ऋण लिएर आयोजना निर्माण गरिएको भए पनि त्यसले आर्थिक वृद्धिमा कुनै योगदान नदेखिएको उनको भनाइ छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्