Tuesday, February 20Nepal News Portal
Shadow

सुनको मूल्यमा गिरावट


काठमाडौं । केहि दिनयता नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज ७ सय रुपैयाँले घटेको हो । बिहिबार पनि ५ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जानकारी दिएको छ ।

Total Page Visits: 84 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्