काठमाडौं । इ–सेवा मनी ट्रान्सफरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ।
इ–सेवाले विशेष कार्यक्रमको आयोजना गरी विजेतालाई घर हस्तान्तरण गरेको जानकारी दिएको छ।
उक्त कार्यक्रम इ–सेवाका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्न भएको हो।
इ–सेवाले जेठ १२ गते आफ्नो आधिकारिक फेसबुक र टिकटक पेजबाट प्रत्यक्ष डिजिटल गोलाप्रथामार्फत मेरो डिजिटल देश अभियानको विजेता घोषणा गरेको थियो।
जसमा ८ वर्षदेखि युएईमा कार्यरत पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए।
इ–सेवाका निर्देशक डेनियल डी श्रेष्ठले विजेता श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरे।
उनले भने, “नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तरर्गतको कम्पनी इ–सेवा मनी ट्रान्सफरले रेमिटेन्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ। यस अभियान प्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु” ।
आगामी दिनमा पनि कम्पनीले डिजिटल रेमिटेन्सलाई प्रभावशाली बनाउनका लागि निरन्तर लागि रहने उनले बताए।
इ–सेवाले वैधानिक रेमिटेन्सलाई प्रोत्साहन गर्ने उद्देयले ुमेरो डिजिटल देशु अभियान सार्वजनिक गरेको थियो।
डिजिटल रेमिटेन्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले मेरो डिजिटल देशु अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इ–सेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो।
७ असोजदेखि जेठ ६ गतेसम्म रेमिटेन्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए। मेरो डिजिटल देश अभियान अन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगेर कम्पनीले उपहार समेत प्रदान गरेको थियो।
कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने हामीले जुन उद्देश्यकाले यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो। आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिँदै वैधानिक रेमिटेन्सलाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।
एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले पनि यो अभियानप्रति खुसी व्यक्त गर्दै डिजिटल रेमिटेन्सको महत्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे बताए।
उनले रेमिटेन्सले कसरी राष्ट्रको विकासमा प्रत्यक्ष योगदान पुर्याउन सक्छ र आप्रवासीहरूले गरेको बहुमूल्य प्रयासलाई स्वीकार गर्दै यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता दर्शाए।