Wednesday, February 12Nepal News Portal
Shadow

गत २४ घण्टामा थप ५३४ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौं, पुस १६ (ससं) । नेपालमा गत २४ घण्टामा ५३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ६ हजारजनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १९ लाख ३२ हजार ४७७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार ५९३ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ८.९ प्रतिशतमा सङ्क्रमण देखिएको हो। यो प्रतिशत बढ्दो क्रममा छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्