Tuesday, February 20Nepal News Portal
Shadow

गलैँचा उद्योगीहरूले प्रधानमन्त्रीलाई भेटेर यस्तो भने


काठमाडौं । आगामी आर्थीक वर्ष (आव)को लागि सरकारले ल्याएको बजेट वक्तव्यमा विगतमा पाइरहेको छुट कटौती गरिएको छ । यसले गलैँचा उद्योगीहरू मर्कामा पर्ने भन्दै उद्योगीहरूले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

कोभिड पश्चात भर्खरै निर्यात अभिवृद्धि तर्फ उन्मुख नेपाली गलैँचा उद्योगलाई नकारात्मक असर पर्ने र रोजगारी र वैदेशिक मुद्रा आर्जनमा पनि प्रतिकुल असर पार्ने उद्योगीको भनाई छ । ९९ प्रतिशत भन्दा बढी निर्यात हुने यस उद्योगमा ४० प्रतिशत भन्दा बढी मात्रामा देशको पूर्व देखि पश्चिमसम्म छरिएर रहेको उत्पादन श्रोतहरूलाई मु.अ.क.को दायरा भित्र ल्याउन व्यवहारिक रूपमा कठिन हुने समेत उनीहरूको तर्क छ ।

नयाँ व्यवस्थाका कारण धरासायी बन्ने, निर्यात घट्ने र कुल ग्राहस्थ उत्पादनमा ह्रास आउने उनीहरूको भनाई थियो । यसका साथै नेपाली उत्पादनले विश्व बजारमा पाइरहेको सुविधाहरू कटौती हुने परिप्रेक्ष्यमा नेपाल सरकारबाट पनि उद्योगको छुट, सुविधा र सहुलियत कटौती हुँदा उद्योगले दोहोरो असर खेप्नु पर्ने उनीहरूको भनाई छ ।

Total Page Visits: 97 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्