काठमाडौं । आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेको छ। यस दिन नेप्से ३.०३ प्रतिशतले बढेर २११७.७३ बिन्दुमा पुगेको हो।
आइतबार (आज) नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको सेयर कारोबार भएकोको थियो भने आज उक्त रकम बढेर ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँ पुगेको छ।
यस दिन २७५ वटा धितोपत्रको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ७ वटा कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ।
यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबी ५०, सामलिङ पावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
यस्तै, बिपिडब्ल्यू लघुवित्तको सेयर मूल्य ९।९९ प्रतिशत, सिटी होटल र शिवम् सिमेन्टको सेयर मूल्य ९।९८ प्रतिशतका दरले बढेको छ।
यसैगरी, सेयरमूल्य सर्वाधिक घट्नेमा शुवम् पावर रहेको छ। कम्पनीको सेयरमूल्य ६.८१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७३६ रुपैयाँ २० पैसामा सीमित भएको छ।
यस्तै, सिटीजन्स म्युचुअल फण्ड–१ को इकाइ मूल्य ५.७८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ८३ पैसामा झरेको छ।
आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५१७ रुपैयाँमा ३८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।