काठमाडौं । अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास “द स्टारडस्ट ईन अस” लोकार्पण गरिएको छ । माईती घर स्थित सेण्ट जेभियर कलेजको सभा हलमा आयोजित एक औपचारिक कार्यक्रम माझ प्रोफेसर डा. अभि सुवेदी, प्रोफेसर डा. ईन्द्र कार्की, प्रोफेसर डा. राजन प्रसाद पोखरेल र सेण्ट जेभियर कलेजका प्रिन्सिपल डा. फादर डा. अगस्टिन थोमसले उक्त कृतिको विमोचन गरेका हुन् ।
प्रोफेसर डा. अभि सुवेदीले स्टार डस्ट युवाको काल्पनिक शक्तीको उपज भएको बताउँदै बिषय वस्तु, पात्रहरुमार्फतको कथा आदीले लेखक अनिस सन्तुलनमा रहेर उत्कृष्ट कृति पस्कन सफल रहेको उल्लेख गरे । साथै उनले पढ्दै जाँदा अनिसको कौतुहलपुर्ण र सिर्जनसिल लेखनीले आफु बाधिएको र नेपालमा प्रकाशित हुँदै आएका अन्य उपन्यासको दाँजोमा अनिसको कृति अब्बल भएको आफुले पाएको बताए। सो अवसरमा कृतिकार अनिस घिमिरेले जीवनको अर्थ पहिल्याउन दुई सजिव पात्र मार्फत पृथ्वीलाई मात्र हेर्ने परम्परा भन्दा फरक अर्थात तारा समेतलाई दृष्टिगोचर गरेर आफुले दोस्रो कृति रचना गरेको जानकारी दिएका छन् ।
साथै उपन्यासकार घिमिरेले कलेज, अभिभावक र अन्य धेरैको सहयोगले आफु यस स्थानसम्म आई पुगेको स्मरणका साथ सबै प्रति आभार व्यक्त गर्दै र्आफ्नो उपन्यास पनि समाजकै उपज भएको उल्लेख गरे ।
कार्यक्रममा युवाहरुको प्रतिनिधित्व गर्दै सिवानी बज्राचार्य र अनुस्का घिमिरेले लेखक र कृतिको बिषयमा बोल्दै थियो । लोकार्पण कार्यक्रममा अनिसका आफन्तजन, सहपाठी, साहित्यप्रेमी लगायतको बाक्लो उपस्थिती रहेको थियो । उक्त उपन्यासको भाषा शैली र कथावस्तुमा मिठासपन रहेसँगै कृति उत्कृष्ट रहेको र युवाहरुसँगै अन्य उमेर समुहका लागि पनि पठनिय रहेको प्रकाशले दाबी गरेका छन् ।