काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा देशभरी साना, मझौला र ठुला गरी थप १ सय ४५ उद्योगहरु उद्योग विभागमा दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८०को पहिलो ६ महिनामा बागमती प्रदेशमा सबैभन्दा बढी (५९) उद्योग दर्ता भएका छन् भन सुदुरपश्चिम प्रदेशमा ४ उद्योग दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७९/८० को समीक्षा अवधिमा दर्ता भएका १ सय ४५ उद्योगहरुले ९ हजार ७ सय १८ जनालाई रोजगारी दिएका छन् ।
आर्थिक वर्ष २०७९/८०को पहिलो ६ महिनामा उद्योग विभागमा दर्ता भएका उद्योगको विवरण हेर्नुहोस् :–