Friday, October 11Nepal News Portal
Shadow

इ–सेवा र अल मुजैनी एक्सचेञ्जबीच रेमिटेन्स भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न


काठमाडौं । इ–सेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेञ्जबीच रेमिटेन्स भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले इ–सेवा मनी ट्रान्सफरमार्फत सुरक्षित रूपमा नेपालमा रहेका आफन्तहरूलाई पैसा पठाउन सक्ने बताइएको छ।

कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ वटा शाखाहरूबाट इ–सेवा मनी ट्रान्सफरको डिजिटल माध्यमबाट नेपालमा रहेका आफन्तलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खाता वा पाउने व्यक्तिको इ–सेवा वालेटमा तुरुन्त पैसा पठाउन सकिने कम्पनीको भनाइ रहेको छ ।

नेपालभरी रहेका इ–सेवा मनी ट्रान्सफरका १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इ–सेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरू साथै इ–सेवा वालेटबाट सहजै प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।

साथै, पठाएको नगद सोझै इ–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत प्राप्त गर्न सकिनेछ।

इ–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने अल मुजैनी एक्सचेन्ज जस्तो प्रतिष्ठित रेमिटेन्स कम्पनीसँग रेमिटेन्स सम्झौता गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ।

उनले थपे कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरूले रुचाएको ठाउँ भएको र यहाँ पहिलादेखि नै धेरै नेपालीहरूको बसोबास रहिआएकोले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामीलाई विश्वास छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्