Tuesday, February 20Nepal News Portal
Shadow

चालु पुँजी कर्जा मापदण्ड हटाउन राष्ट्र बैंकसँग बैंकर तथा व्यवसायीको माग


काठमाडौं । व्यवसायीहरूले चालु पुँजी कर्जा मापदण्ड कार्यान्वयन नगर्न राष्ट्र बैंकसँग माग गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक छलफल क्रममा उनीहरूले यस्तो माग राखेका छन्।

गत कात्तिकबाट कार्यान्वयनमा आएको उक्त मापदण्डअनुसार बैंकहरूले ऋणीको वार्षिक कारोबारका आधारमा २५ देखि ४० प्रतिशतसम्म मात्र ऋण दिन पाउँने भएका छन्।

गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जा मापदण्ड फिर्ता नहुने तर कसैलाई समस्या परेको भए सहजीकरणको व्यवस्था गरिदिने बताएको छलफलमा सहभागी एक व्यवसायीले जानकारी दिएका छन्।

व्यवसायीहरूले सेयर, घरजग्गा, अटो कर्जाको जोखिमभार कम गरिदिन पनि आग्रह गरे।

बैंकरहरूले भने पहिलेझैं हकप्रद सेयर जारी गर्ने वा चुक्ता पुँजीमा गणना हुने ऋणपत्र जारी गर्ने बाटो खोलिदिन आग्रह गरेका छन्।

कतिपय व्यवसायीले कर्जाको व्याजदर घटाउन, बैंकहरूले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात ४ प्रतिशतबाट घटाएर ३ प्रतिशत बनाउन, बजेटको ६ प्रतिशतको आर्थिक वृद्धि कायम हुने गरी सुस्तिएको कर्जा प्रवाह बढाउन समेत माग राखेका थिए।

Total Page Visits: 66 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्