Tuesday, February 20Nepal News Portal
Shadow

मधेश प्रदेशका अस्पतालहरूमा ह्विलचेयर वितरण गर्‍यो मुक्तिनाथ विकास बैंकले


काठमाडौं । मुक्तिनाथ विकास बैंकले मधेश प्रदेशका विभिन्न अस्पतालहरूमा ह्विलचेयर वितरण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व कार्यहरूलाई निरन्तरता दिने क्रममा उक्त ह्विलचेयर वितरण गरेको हो ।

बैंकले मधेश प्रदेशस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपुर अस्पताल, गजेन्द्र ना. सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरूको व्यवस्थापनका लागि आवश्यक पर्ने ह्विलचेयरहरू हस्तान्तरण गरेको छ।

बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्रतर्फ आफ्नो सामाजिक प्रयास अघि गर्दै उक्त अस्पतालमा आउने बिरामीहरूलाई केही राहत पुग्ने बैंकको धारणा रहेको छ।

यस सहयोगहरूबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ।

 

Total Page Visits: 94 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्