Wednesday, October 16Nepal News Portal
Shadow

६ महिनामा नेपाल भित्रिए चार लाख ७६ हजार पर्यटक


काठमाडौं । सन् २०२३ को जुन महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जुन महिनामा हवाइ तथा स्थलमार्ग हुँदै ७२ हजार २२० जना पर्यटक नेपाल भित्रिएका हुन्।

जुन महिनामा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन्।

बोर्डकाअनुसार भारतबाट ३८ हजार ८४५ पर्यटक भित्रिएका हुन्। त्यस्तै, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट ४ हजार ३४३, बेलायतबाट १ हजार ९९२ र अष्ट्रेलियाबाट १ हजार ६३९ जना पर्यटक आएका छन्।

बोर्डका अनुसार सन् २०२३ को ६ महिना (जनवरीदेखि जुनसम्म) ४ लाख ७६ हजार ५०७ जना पर्यटक नेपाल भित्रिएका छन्।

तथ्यांक अनुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७२ हजार ७३० जना पर्यटक भित्रिएका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्