Thursday, February 29Nepal News Portal
Shadow

बीवाईडीले नेपाली बजारमा आफ्नो अट्टो थ्री फरेस्ट ग्रीन कलरमा गर्यो सार्वजनिक


काठमाडौं । बीवाईडीले नेपाली बजारमा आफ्नो अट्टो थ्री गाडीलाई फरेस्ट ग्रीन कलरमा सार्वजनिक गरेको छ ।

बीवाईडी नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स ईंकले विशेष रङमा यो गाडी १०० वटा मात्रै उपलब्ध रहेको जानकारी दिएको छ ।

अट्टो थ्रीको फरेस्ट ग्रीन कलरको मूल्य ६६ लाख ८८ हजार रूपैयाँ रहेको छ । गाडीमा १०० किलोवाट क्षमताको मोटर र ६०.४८ किलोवाट पावर भएको ब्याट्री प्याक रहेको छ ।

कम्पनीका अनुसार यसले अधिकतम रेन्ज ४२० किलोमिटरसम्म दिन्छ । साइमेक्सका बिक्री प्रमुख आशुतोष गौतमले सीमित संख्यामा फरेस्ट ग्रीन रङमा अट्टो थ्री सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

Total Page Visits: 77 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्