Friday, October 11Nepal News Portal
Shadow

५३.७० अंकले घट्यो नेप्से


काठमाडौं । आइतबार नेप्से ५३.७० अंकले घटेको छ। यस दिन नेप्से २.५० प्रतिशतले घटेर २०९७.२९ बिन्दुमा पुगेको हो।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँमा सीमित भएको छ।

यस दिन २८६ वटा धितोपत्रको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर किनबेच भएको हो।

आइतबार बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ४१३ रुपैयाँ ५० पैसा पुगेको छ।

यस्तै, सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४६२ रुपैयाँ ७० पैसा पुगेको छ।

माउन्टेन इनर्जीको सेयर मूल्य ९.१२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९३६ रुपैयाँमा झरेको छ।

आइतबार हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५४९ रुपैयाँमा ४२ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.६० प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६०७ रुपैयाँमा २७ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशतले घटेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्