काठमाडौं । भारतीय रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नयाँ इन्भर्टर एयर कन्डिसन (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ।
गोदरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जानकारी दिएको हो।
कम्पनीका अनुसार यो एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर भएकाले अनावश्यक प्रदुषण, किटाणुहरू ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्छ।
यस एसीमा आर३२ इको रेफ्रिजेरेन्ट भएको र ५२ डिग्री सम्मको तापक्रममा पनि कुलिङ गर्न सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ।
टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित यस एसीमा बिजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ।
यस एयर कन्डिसनरमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेन्टी रहेको कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
नेपालभर गोदरेज ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ।
सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरूम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जाल र अनलाइन सपिङ साइट मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको कम्पनीको दाबी छ।
कम्पनीका सिजी डिजिटल शोरूमहरू काठमाडौंभित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गठ्ठाघर, कीर्तिपुर, रविभवन, हातिगौंडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा र भरतपुरमा रहेका छन्।