Thursday, January 23Nepal News Portal
Shadow

मारुती सिमेन्ट प्रयोग गरेर घर बनाउँदा भत्किए पछी संचालक विरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं। मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा अनुजसहित सातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले मारुतीका व्यापार प्रबन्धक ज्योति जोशीलाई नियन्त्रणमा लिएपछि प्रारम्भिक बयानमा उद्योग सञ्चालकसहित सातविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

राजविराज–४ का दिवाकर साहले आफ्नो घर बनाउँदा मारुती सिमेन्ट प्रयोग गरेका थिए। मारुती सिमेन्ट प्रयोग गरी बनाइएको उनको घरको भर्‍याङ भर्‍याङ भत्किएको थियो। त्यसपछि सिमेन्ट गुणस्तरहीन भएको आरोपमा साहले सप्तरी प्रहरीमा जाहेरी दिए पछी आपराधिक विश्वासघात मुद्दामा प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ।

सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भई प्रबन्धक जोशीलाई विराटनगरबाट पक्राउ गरी सप्तरी ल्याइएको छ।

प्रहरी स्रोतका अनुसार उक्त मुद्दामा मारुती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, र प्रबन्ध निर्देशक उनका छोरा अनुज, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साहसहित अजयकुमार साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

तर, मारुती सिमेन्ट सञ्चालक पक्षले भने जसले मुद्दा हाल्यो उसैले लामो समयदेखि ‘बार्गेनिङ’ गर्दै आएको दाबी गरेको छ। पैसाका लागि बार्गेनिङ गरेका साहलाई यसअघि केही रकम दिएको बुझिएको छ। तर, उनी घर बनाउने भएकाले बारम्बार रकम मागेपछि उद्योग सञ्चालकले बेवास्ता गरेका कारण जाहेरी दिएको सञ्चालक पक्षको भनाइ छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्