Wednesday, September 18Nepal News Portal
Shadow

२९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक


काठमाडौं । सोमबार राष्ट्र बैंकले सरकारको लागि २९ अर्ब ६६ करोड रूपैयाँ आन्तरिक ऋण उठाउँदै छ।

यसमध्ये २४ अर्ब ६६ करोड रूपैयाँ पुरानै ऋणपत्र नवीकरण हुने भएका हुन् भने ५ अर्ब नयाँ ऋणपत्र उठाइने छ।

८ अर्ब रूपैयाँको २८ दिने, ७ अर्ब ७५ करोडको ९१ दिने र ८ अर्ब ९१ करोड ६५ लाख ५० हजारको ३ सय ६४ दिने ऋणपत्र उठाइन लागिएको हो।

नयाँ उठाइन लागेको पाँच अर्बको ऋणपत्रको अवधि भने एक सय ८२ दिन रहेको छ।

जसमा औसत ब्याजदर ५.६१ देखि ७.१९ प्रतिशतसम्म कायम भएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्