काठमाडौं, पुस १७ (ससं)। आज शुक्रबार सुनको भाउ प्रतितोला ४०० रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबारको तुलनामा सुनको मूल्य ४०० रूपैयाँले बढेको हो।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० रूपैयाँ तोकिएको छ। हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम थियो।
यससँगै आज तेजाबी सुनको मूल्य ९४ हजार रूपैयाँ कायम भएको छ।
सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने स्थिर बनेको छ। महासंघले आज चाँदीको भाउ प्रतितोला एक हजार ३०० रूपैयाँ कायम भएको जनाएको छ।
Total Page Visits: 506 - Today Page Visits: 1