Tuesday, February 20Nepal News Portal
Shadow

परिसंघ र उद्योग मन्त्री बिच अर्थतन्त्र, औद्योगिक उत्पादन बृद्धिका लागि गरिनुपर्ने सुधारका विषयमा छलफल


काठमाडौं । नेपाल उद्योग परिसंघ र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थतन्त्र, औद्योगिक उत्पादन बृद्धिका लागि गरिनुपर्ने सुधारका विषयमा छलफल भएको हो ।

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न अति आवश्यक रहेको त्यसका लागि प्रभावकारी बजेट कार्यान्वयन एवं निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए । उद्योगहरुको प्रबद्र्धनका लागि नीतिगत स्थिरतामा उनले जोड दिए । उहाँले औद्योगिक क्षेत्र सार्वजनिक निजी साँझेदारी (पीपीपी) मोडलमा संचालन गर्ने बजेटमा भएको घोषणा छिटो कार्यान्वयनमा लैजान पनि आग्रह गरेका छन् ।

मेक इन नेपाल स्वदेशी अभियानमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारी तथा सार्वजनिक संस्था, सेना, प्रहरीहरुले प्रयोग गर्ने उपभोग्य वस्तुहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गरिनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा मन्त्री रिजालले निजी क्षेत्रले नै उद्योग व्यवसाय गर्नुपर्ने उल्लेख गर्दै सरकारले त्यसका लागि सहजीकरण गर्ने बताए । उनले परिसंघ नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिए ।

उक्त छलफलमा उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्यहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी थिए ।

Total Page Visits: 84 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्