Thursday, December 5Nepal News Portal
Shadow

अध्यक्ष ढकाल भन्छन्ः बैंकलाई नै चालु पुँजी कर्जा नियमन गर्न छोडौँ


कठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनले बैंक र व्यवसायीहरू सचेत भएको बताएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को पूर्वमौद्रिक नीति तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै ढकालले मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका हुन्।

अध्यक्ष ढकालले चालु पुँजीको जिम्मा स्वयम् बैंकलाई दिनुपर्ने पनि बताए । फिक्स डिपोजिट र सेभिङको ब्याजदरको अन्तर ५ प्रतिशत भएकाले त्यसलाई पनि घटाउनुपर्ने ढकालको भनाइ रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्