काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले स्थगित आईपीओ प्रक्रिया खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले सेयर संख्या थपघट वा फिर्ता लिन चाहानेका लागि २४ गतेसम्म खुला गरिएको हो ।
शुक्रबारबाट आगामी २४ गते (आइतबार)सम्म सेयर थपघट, फिर्ता र खरिदका लागि आवेदन दिन सि–आस्बा सदस्य बैंकमा निवेदन दिन सकिने छ । यसअघि असार ४ गते धितोपत्र बोर्डले.कम्पनीको आईपीओमा फर्जी आवेदन परेको भन्दै निष्कासन प्रक्रिया बन्द गरेको थियो ।