Thursday, July 17Nepal News Portal
Shadow

राष्ट्र बैंकले माग्यो पुनर्कर्जाको आवेदन


काठमाडौं, पुस १७ (ससं) । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको महामारीबाट प्रभावित बनेको व्यवसायरव्यवसायीसँग पुनर्कर्जाको आवेदन मागेको छ। राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड-१९) महामारीबाट प्रभावित व्यवसायीलक्षित दोस्रोपटक पुनर्कर्जा आवेदन माग गरेको हो।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै माघ १७ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिएको छ। ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा, २०७७’ अनुसार बैंक तथा वित्तीय संस्थासमक्ष पुनर्कर्जाको आवेदन माग गरेको हो।

केन्द्रीय बैंकले यसअघि भदौ दोस्रो सातादेखि असोज मसान्तसम्म आवेदन माग गरेको पुनर्कर्जा स्वीकृत गरिसकेको छ। पुनर्कर्जाको स्रोत एक खर्ब ४८ अर्ब रूपैयाँमध्ये अघिल्लो आवदेनमार्फत् ५० अर्ब ७ करोडको पुनर्कर्जा स्वीकृत भइसकेको छ।

त्यसमध्ये बाँकी ९८ अर्ब रूपैयाँ पुनर्कर्जाको लागि दोस्रोपटक आवेदन मागिएको हो। आवेदकले धेरै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको भए पनि कुनै एउटा बैंकबाट मात्रै पुनर्कर्जाका लागि आवेदन गरेको हुनुपर्नेछ।

व्यवसायीहरूले आफूले सेवा लिइरहेको बैंक तथा वित्तीय संस्थाका शाखामा पुनर्कर्जाको आवेदन दिन सक्नेछन्।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्