Friday, October 11Nepal News Portal
Shadow

स्टार्टअप वर्ल्डकप २०२३मा गल्ली म्याप उत्कृष्ट


काठमाडौं । नेपाल स्टार्टअप वर्ल्डकप २०२३ मा गल्ली म्याप उत्कृष्ट भएको छ ।

देशभरका स्टार्टअपबीच भएको प्रतिस्पर्धामा टप टेन र प्रदेश तथा नगर तहबाट प्रतिस्पर्धा गरेका ५ स्टार्टअप बीचको प्रतिस्पर्धामा बिहीबार गल्ली म्याप छनौट भएको हो ।

विश्वभरका करिब १०० देशमा हुने स्टार्टअपको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हबले आयोजना गरेको थियो ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पेगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको सुरुआत गरेको हो । वर्ल्ड ट्रेड ग्रुप अन्तर्गतको स्टार्टअप हब नेपालले स्टार्टअप वर्ल्डकप नेपाल भित्र्याएको हो ।

यसपटक गरिएको स्टार्टअप तेस्रो सिजन हो । स्टार्टअप वर्ल्डकप नेपाल एडिसनको उद्घाटन अर्थमन्त्री डा.प्रकाशशरण महतले गरेका थिए । क्रममा उनले स्टार्टअप प्रवर्द्धन गर्न र इन्नोभेसनमा सपोर्ट गर्न सरकार तयार रहेको बताएका छन् ।

प्रतिस्पर्धामा उत्कृष्ट भएको गल्ली एक्सप्रेसका राजविक्रम महर्जनलाई स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेल र पेगासिस टेक भेन्चरका पार्टनर तथा स्टार्टअप वल्र्डकप नेपाल २०२३ का एम्बेस्डर सिसिलिया लरासातीले अवार्ड हस्तान्तरण गरेका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्