Tuesday, February 20Nepal News Portal
Shadow

आगामी ५ वर्षभित्र औषधीजन्य वस्तुको माग ७ प्रतिशतले बढेर ७१.६५ टन पुग्ने


काठमाडौं। आगामी ५ वर्षभित्र नेपालमा औषधीजन्य वस्तु माग वार्षिक ७ प्रतिशतका दरले बढेर ७१.६५ टन पुग्ने अनुमान गरिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन अनुशार नेपालको कूल औषधी बजार बढेर अहिले ५३ अर्ब रुपैयाँबराबर पुगेको छ।

औषधीको आन्तरिक उत्पादन र आयात तथ्यांक विश्लेषण गर्दा आन्तरिक उत्पादनले ४६ प्रतिशत बजार ओगटेको छ।

यस्तै भारतबाट आयातित औषधी हिस्सा ५२ प्रतिशत छ। अन्य देशबाट आयातित औषधीले २ प्रतिशत बजार ओगटेको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

नेपालले औषधी बनाउने प्रयोजनार्थ करिब ७० देखि ७५ प्रतिशतसम्म कच्चापदार्थ भारतबाट आयात गर्ने गरेको छ।

चीनबाट २५ देखि ३० प्रतिशतसम्म आयात गर्ने गरिएको छ। नेपालमा आयात हुने औषधी विशेषगरी खोप, बायोटेक्नोलोजिकल, प्रडक्ट एन्ड मोडर्न टेक्नोलोजी रिलेटेड मेडिसिन, एन्टिक्यान्सर, एआरटी क्रिटिकल केयरलगायत औषधी आयात हुने गरेको छ।

Total Page Visits: 74 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्