Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
हिमालयन बैंकले १० लाख रुपैयाँ मृत्यु बीमा गर्‍यो भुक्तानी – Udhyognews.com
Monday, June 16Nepal News Portal
Shadow

हिमालयन बैंकले १० लाख रुपैयाँ मृत्यु बीमा गर्‍यो भुक्तानी


काठमाडौं । हिमालयन बैंकले १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ।

बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत उक्त रकम दाबी रकम भुक्तानी गरेको हो।

बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजको पत्नी श्रीमती विमला गुराँगाईलाई सो रकम गत असार १९ गते बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरूबीच हस्तान्तरण गरेका हुन्।

बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरूको दुर्घटना मृत्यु बीमा खरिद गरेको हो।

हाल बैंकले विशेष तलबी खाता र नारी बचत खाता योजनामा १० रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य बचत योजनाहरूमा ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्