Wednesday, October 16Nepal News Portal
Shadow

२०७६.९६ विन्दुमा नेप्से, ३ अर्ब ७९ करोडको कारोबार


काठमाडौं । सोमबार नेप्से परिसूचक ०.८० अंकले घटेर बन्द भएको छ । परिसूचक ०.०४ प्रतिशतले घटेर २०७६.९६ विन्दुमा बन्द भएको हो ।

सोमबार ३ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ ।

यस दिन म्युचुअल फन्ड, ऋणपत्रलगायत २९३ धितोपत्रका एक करोड ११ लाख ८२ हजार ३३५ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

सर्वाधिक परिसूचक वृद्धि हुनेमा वित्त समूह छ । यो समूहको परिसूचक २.७१ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह छ । यो समूहको परिसूचक १.७२ प्रतिशतले घटेको छ ।

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ६.३४ प्रतिशतले घटेको छ । सिटी होटेलको सेयर मूल्य ६.२६ प्रतिशतले घटेको छ ।

सोल्टी होटेलको सर्वाधिक रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको ३३ करोड १२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्