Friday, October 11Nepal News Portal
Shadow

सर्वोत्तम स्टिल्सको ८ महिनामा पौने ५ अर्ब व्यापार


काठमाडौं। सौरभ ग्रुपद्धारा प्रवद्र्धित सर्वोत्तम स्टिल्स लिमिटेले आठ महिनामा पौने ५ अर्ब रुपैयाँको व्यापार गरेको छ। उद्योगले चार अर्ब ७७ करोड ४३ लाख रुपैयाँको स्टिल र बिलेट व्यापार गरेको छ। गत वर्ष सर्वोत्तमले आठ अर्ब ९३ करोड ३५ लाख रुपैयाँको स्टिल व्यापार गरेको थियो।

यसबीचमा उद्योगले चार अर्ब ६३ करोड ४० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। उद्योगले सञ्चालनको सुरुको वर्षमा राम्रो कारोबार गरेको छ। मर्जिनको अवस्था कमजोर भए पनि वित्तीय स्वास्थ्य राम्रो देखिएको छ।

सन् २०१७ मा स्थापना भएको सर्वोत्तम स्टिल २०२१ मा पब्लिक लिमिटेड कम्पनी बनेको हो। उद्योगको बिलेट उत्पादन क्षमता वार्षिक २ लाख ६४ हजार टन छ। यस्तै टिएटी छडको क्षमता २ लाख ३५ हजार टन छ। उद्योगले आफ्नो मेल्टिङ प्लान्टबाट बिलेट बनाउँदै आएको छ।

उद्योगको अध्यक्ष तथा प्रवन्ध निर्देशकमा विष्णु न्यौपाने छन्। उनको सर्वोत्त स्टिलमा २५ प्रतिशत हिस्सा छ। बाँकी ७५ प्रतिशत व्यक्तिगत लगानीकर्ताको छ। न्यौपाने र अग्रवाल परिवारले स्टिल उद्योग सञ्चालनमा ल्याएका हुन्।

स्टिल र सिमेन्ट उद्योगमा समूहका अन्य एकाइहरू जगदम्बा सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील्स सञ्चालनमा छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्