Monday, February 10Nepal News Portal
Shadow

११ महिनामा एक करोड नौ लाख ९० हजार रुपैयाँको ‘टुथपिक्स’ आयात


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक करोड नौ लाख ९० हजार रुपैयाँको टुथपिक्स आयात भएको छ ।

भन्सार विभागका अनुसार २०७९ साउन १ गतदेखि २०८० जेठ मसान्तसम्ममा नेपालले उक्त टुथपिक्स आयात गरेको हो । उक्त रकममा ३३ हजार ९८५ केजी टुथपिक्स नेपाल भित्रिएको छ ।

चीन, भारत र थाइल्यान्डबाट नेपालले टुथपिक्स आयात गर्ने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपालले २ करोड ५३ लाख ५२ हजार रुपैयाँको टुथपिक्स आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्