Friday, October 11Nepal News Portal
Shadow

नेप्सेमा ४.७३ अंकको गिरावट


काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ४.७३ अंकले घटेर दुई हजार ७२.२४ विन्दुमा झरेर बन्द भएको हो ।

आज दुई अर्ब ८५ करोड ९४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा हिमालयन पावर पार्टनर, एनआइबीएल समृद्धि फण्ड–२, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट लिमिटेड रहेका छन् ।

आज सबैभन्दा बढी सिंगटी हाइड्रो इनर्जी लिमिटेड, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड र मन्दाकीनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेनस लिमिटेडको भएको छ । यस कम्पनीको आज १२ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्