काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार स्थिर मूल्यमा कारोबार भएको सुनको मूल्य आज बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ बढेर एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबारसम्म छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनसम्म चाँदी प्रति तोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको थियो।