Thursday, September 12Nepal News Portal
Shadow

व्यापारी  गुरुङ पक्राउको विरोधमा उद्योग परिसंघ कोशी प्रदेश र मोरङ व्यापार संगठन


काठमाडौं। नेपाल उद्योग परिसंघ कोशी प्रदेश र मोरङ व्यापार संगठनले व्यापारी मीनबहादुर गुरुङ पक्राउको विरोध गरेका छन्।

मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरूले निजी क्षेत्रलाई राज्यसंयन्त्रले प्रहार गरेको बताएका हुन्।

‘राज्य संयन्त्र नियोजितरूपमै निजी क्षेत्रलाई हतोत्साहित बनाउन थालेको महसुसमात्र नभई स्पष्ट देखिएको छ। यसले हाम्रो मुलुकलाई असफल बनाउने खतराको संकेत मान्न सकिन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

दुवै संगठनले ‘राज्यका विभन्न संयन्त्र उद्योगीरव्यवसायीलाई पक्राउ गर्ने, थुन्ने, सुनुवाइको मौका नै नदिई थुनामा राख्नेतर्फ अग्रसर भएको अवस्था विद्यमान भएकाले उद्योगीरव्यवसायी राज्य संयन्त्रप्रति सशंकित बनेका उनीहरूको भनाइ छ।

‘क्षति के कारण भएको होरु र त्यसको मूलजरो के हो ? भन्ने यकिन नगरी व्यवसायीलाई पक्राउ गर्ने र थुन्ने सरकारको त्यस्ता कदम न्यायसंगत कदापि मान्न सकिँदैन,’ विज्ञप्तिमा छ।

त्रासपूर्ण र विश्वासको संकट उत्पन्न हुँदा मुलुक आर्थिक विकासमा अगाडि बढ्न नसक्ने भन्दै मुलुकको विकासका लागि सरकार र अर्थिक क्षेत्रबीच पारस्परिक विश्वास रहनुपर्ने जानकारी दिएका छन्।

‘हालै ललिता निवास जग्गा प्रकरणमा पनि उद्योगीरव्यवसायीलाई टार्गेट गरिएको छ। राज्यको रोहवरमा खरिदरबिक्री भएको जग्गामा पनि व्यवसायीसमेतलाई दोषी देखाएर पक्राउ पुर्जी जारी गरिएको जानकारीमा आएको छ,’ विज्ञप्तिमा छ। भाटभटेनीका सञ्चालक गुरुङको नाम भने विज्ञप्तिमा उल्लेख गरिएको छैन।

‘अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्नेजस्ता कार्यबाट निजी क्षेत्र त्रसित हुन पुगेको छ। देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी–व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको छ,’ संघका तर्फबाट अध्यक्ष नवीन रिजाल र परिसंघका तर्फबाट कोशीका अध्यक्ष भीम घिमिरेले हस्ताक्षर गरेका विज्ञप्तिमा भनिएको छ, ‘राज्यको यस्तो प्रवृत्तिले उद्यमी–व्यवसायीको मनोबल कमजोर भई हतोत्साहित हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला उद्यमी–व्यवसायीप्रतिको यस्तो व्यवहारले झन् नकारात्मक असर पर्नेतर्फ समयमै सचेत रहन र यसरी भइरहेको धरपकड शैली तत्काल सच्याउन पनि हामी अपिल गर्छौं।’

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्