Wednesday, January 15Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ बढेको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्