काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यस दिन नेप्से १२.६२ अंकले घटेर २०८४.९३ बिन्दुमा बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ पुगेको छ।
यस दिन २९६ वटा धितोपत्रको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १०% एनएमबी डिवेञ्चर २०८५ र १०.२५% एसबिएल डिवेञ्चर २०८३ को मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ। उक्त डिवेञ्चरहरूको मूल्य क्रमशः ९८७ रुपैयाँ ४० पैसा र १ हजार ९८ रुपैयाँ ५० पैसा पुगेको छ।
सेयरमूल्य सर्वाधिक घट्नेमा पिपुल्स हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.०५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३१८ रुपैयाँ ५० पैसामा सीमित भएको छ।
यस्तै, हिमालयन पावर पार्टनरको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य २९१ रुपैयाँमा झरेको छ।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६५२ रुपैयाँ २० पैसामा २३ करोड ७५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.१८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४८६ रुपैयाँमा १७ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।