काठमाडौं । पछिल्ला दिनहरुमा नेपालको बैंकिङ प्रणालीमा अधिकतरलता देखिएको छ । असार २७ गते बुधबार नेपालको बैैकीङ प्रणालीमा ५७ खर्ब ३७ खर्ब निक्षेप रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.६७ प्रतिशतमा झरेको छ । बैंकहरुबीच कुने कारोबारको अन्तर बैंक औसत ब्याजदर ०.८३ मा झरेको छ ।
अधिक तरलता भएकाले नै २७ गते राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिभर्स रिपोमार्फत खिचेको थियो। मंगलबार पनि बैंकिङ प्रणालीमा सोही रकम बराबर नै निक्षेप रहेको थियो।
उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै ५० खर्ब ६५ अर्ब निक्षेप रहेको थियो भने अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग ६ अर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।