Saturday, February 17Nepal News Portal
Shadow

४७.०७ अंकले बढ्यो नेप्से


काठमाडौं । सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढेको छ । २.२४ प्रतिशतको वृद्धिसहित आज नेप्से परिसूचक २,१४४.१६ बिन्दुमा पुगेको हो।

सोमबार दुई अर्ब ५६ करोड रुपैयाँमा ७६ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको हो । कारोबारमा २०० कम्पनीको सेयर मूल्य बढेको छ भने, १३ को घट्दा ४ को स्थिर छ ।

सोमबार बीपीडब्ल्यू लघुवित्त संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको सेयर मूल्य ९.९९ र ९.८७ प्रतिशतले बढेको छ ।

कुमारी धनवृद्धि योजनाको सेयर मूल्य सबैभन्दा बढी ८.३७ प्रतिशतले घटेको छ । सोमबार २५७ कम्पनीको सेयर खरिदबिक्री भएको छ भने, ५० हजार २९९ कारोबार भएको छ ।

Total Page Visits: 90 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्