Thursday, February 29Nepal News Portal
Shadow

बढ्यो सुनको भाउ, चाँदीको मूल्य भने हालसम्मकै उच्च


कबठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ। मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

गत असार २९ गते बनेको उच्च मूल्यको रेकर्ड यसदिन तोडिएको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसअघि गत असार २९ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो।

चाँदीको यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला १० रुपैयाँ बढी हो।

Total Page Visits: 86 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्