Tuesday, February 20Nepal News Portal
Shadow

दराजको महाबचत बजारमा ७० प्रतिशतसम्म छुट पाइने


काठमाडौं । दराज नेपालले २०२३ को लागि आफ्नो वार्षिक अभियान महाबचत बजार को औपचारिक घोषणा गरेको छ।

यस अभियानमा दराजले ७० प्रतिशतसम्म छुटको मेगा डिल अफर ल्याएको बताएको छ।

दराजले अनलाइन सपिङमा अफरहरूको साथ झन्झटरहित सपिङ, सामान डेलिभरी र अन्य थुप्रै सेवाहरू प्रदान गर्ने कम्पनीको भनाइ छ।

दराजले इ–सेवा, आइएमइ पे र अन्य बैंकहरूमार्फत प्रि–पेमेन्टको पनि व्यवस्था गरेको छ।

जसमा ग्राहकहरूले १० प्रतिशत छुट अधिकतम १ हजार रुपैयाँ र १५ प्रतिशत छुट अधिकतम १ हजार ५०० रुपैयाँ प्राप्त गर्न सक्ने बताइएको छ।

त्यसैगरी, यस अभियानको गिवअवे प्राइजमा पानासोनिक २७० एल इन्भर्टर, फ्रोर्स्ट फ्रि डवल डोर रेफ्रिजेरेटर, पानासोनिक ५५ इन्च फोरके एचडिआर स्मार्ट एन्ड्रोएड एलइडी टिभी र पानासोनिक ८० केजी फ्रन्ट लोड वासिङ मेसिन रहेको कम्पनीको भनाइ छ।

मेगा गिवअवे पुरस्कार जित्नको लागि ग्राहकले न्यूनतम तीन हजार पाँच सय रुपैयाँको प्रि–पेमेन्ट गर्नुपर्ने हुन्छ।

दराजकी मार्केटिङ हेड विधा प्रधानले यस महाबचत अभियानमा ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा आकर्षक डिस्काउन्टको फाइदा लिइ बचत गर्न सकिने भएकाले दराज एपमा गई सपिङको मज्जा लिन ग्राहकहरूमा अनुरोध गरिन्।

Total Page Visits: 86 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्