काठमाडौं । पर्सामा आर्थिक वर्ष (आव) २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा एक हजार ४ सय ८० उद्योग दर्ता भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको संख्या भने बढेको छ। सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक सय ७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा एक सय ५२ उद्योगको लगतकट्टा भएको थियो।